
बर्दिबास – २ अशोज २०८१
आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध आजदेखि सुरु भएको छ। यसलाई पितृ पक्ष पनि भनिन्छ, जहाँ दिवंगत पितृहरूलाई पिण्डदान, तर्पण, र सिदादान गरेर सम्मान गरिन्छ। वैदिक सनातन परम्पराअनुसार यो कर्मले पितृऋणबाट मुक्ति मिल्ने र पितृप्रतिको दायित्व पूरा हुने धार्मिक विश्वास छ। विशेष परिस्थितिमा श्राद्ध रोकिएमा शास्त्रमा वैकल्पिक तिथिहरू दिइएका छन्, जसअनुसार श्राद्ध अन्य समयमा पनि गर्न सकिन्छ। पितृ पक्षको समाप्तिसँगै बडादसैँ सुरु हुने भएकाले यसलाई चाडपर्वअघि पितृतृप्तिको कर्मका रूपमा पनि लिइन्छ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यसलाई सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ ।
