दुर्गा प्रसाईँसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी

व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतले साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले गरेको सिफारिसका आधारमा प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनालविरुद्ध पक्राउ पुर्जी जारी भएको जिल्ला अदालत, काठमाडौंका श्रेस्तेदार रामु शर्माले बताए। पछिल्लो समय विभिन्न अभियानमा लागेका व्यवसायी प्रसाईंले नेताहरूविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोत बताउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *