बर्दिवासमा सस्तो बजार सञ्चालन हुने

महोत्तरी, बर्दिवास

आगामी दसैं पर्वलाई लक्षित गरी महोत्तरीको बर्दिवासमा सस्तो बजार लाग्ने भएको छ। उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा असोज १६ गतेदेखि २५ गतेसम्म दसैं सस्तो बजार सञ्चालन गरिने संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो।संघका अध्यक्ष विष्णु खड्काले सस्तो बजारमा खाद्यान्न, लत्ताकपडा, जुत्ता चप्पल लगायतका विभिन्न ६० वटा स्टल रहने जानकारी दिए। बर्दिवास-१४ स्थित औरही रोडको तरकारी बजार क्षेत्रमा सञ्चालन हुने यस सस्तो बजारमा बर्दिवासका स्थानीय व्यवसायीहरूका मात्रै स्टलहरू रहने छन्।

संघका महासचिव उत्तम श्रेष्ठले स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्न र उपभोक्तालाई सुलभ मूल्यमा सामान उपलब्ध गराउन सस्तो बजार आयोजना गरिएको बताए। दसैं पर्वको पूर्वसन्ध्यामा यस बजारले सर्वसाधारणलाई आवश्यक सामग्रीहरू सहुलियत दरमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *