
भक्तपुर, ६ अशोज
चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले आज बिहान भक्तपुरस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो।
प्रहरी स्रोतका अनुसार साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।प्रसाईंको पक्राउबारे विस्तृत विवरण आउन बाँकी भए पनि यस घटनाले सर्वसाधारण र सामाजिक सञ्जालमा व्यापक चासो बढाएको छ।
दुर्गा प्रसाईं नेपालका ठूला व्यवसायीहरूमध्ये एक हुन् र उनको नाम विभिन्न सामाजिक तथा व्यवसायिक विवादहरूमा चर्चामा रहँदै आएको छ।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको र कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।
