खयरमारामाको शिर खोलाले बगाउँदा एक जनाको मृत्यु

असोज – १२

महोत्तरी जिल्लाको बर्दिवास–१० झ्याउरे भांग्रेका २१ वर्षीय मानबहादुर थिङको शिर खोलाले बगाउँदा मृत्यु भएको छ। शनिबार बिहान १० बजेतिर घरबाट हराएका थिङको शव स्थानीयले खयरमारा खोलाको किनारमा फेला पारेका हुन्।

स्थानीयले खोलामा एक व्यक्ति बगिरहेको देखेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। स्थानीयले शनिबार साँझ ५ बजे खयरमारा ११ स्थित मालगदिस विद्यालय नजिकै खोलाको किनारमा  थिङको शव फेला पारेको हो। 

बर्दिवास–१० का अध्यक्ष प्रमोद मोक्तानका अनुसार शिर खोलाबाट करिब ५ किलोमिटर तल खयरमारा खोलामा थिङको शव भेटिएको हो। थिङ मानसिक रुपमा अस्वस्थ रहेको बुझिएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *