पेट्रोलियम पदार्थको मूल्य घट्यो

अशोज १४

चाडपर्व नजिकिएसँगै नेपाल आयल निगमले इन्धनको मूल्यमा कटौती गरेको छ। निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन, र मट्टीतेलको मूल्य घटाइएको छ। नयाँ मूल्यहरू आज राति १२ बजेदेखि लागू हुनेछन्।

नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर रु १, डिजेल र मट्टीतेलमा रु २ घटाइएको छ। यस्तै, हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर रु ६ घटाइएको छ भने बाह्यतर्फ प्रतिहजार लिटरमा रु ४५ कटौती गरिएको छ।

यद्यपि, एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएको भए पनि चाडपर्वलाई ध्यानमा राख्दै यसलाई यथावत राखिएको निगमले जानकारी दिएको छ।

मूल्य घटेसँगै चाडपर्वको समयमा उपभोक्ताहरूले राहत महसुस गर्ने आशा गरिएको छ। साथै, निगमले पर्वको बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने विश्वास दिलाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *