संयुक्त राज्य अमेरिकाले सन् २०२६ का लागि डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खुला गरेको छ।

काठमाडौंस्थित अमेरिकी दूतावासले असोज १६ गते राति ९ः४५ बजेबाट कात्तिक २० गतेसम्म आवेदन दिन सकिने जनाएको छ। दूतावासले आवेदन निःशुल्क रहेको र यसका लागि कुनै पनि परामर्शदाताको आवश्यकता नपर्ने जनाएको छ। आवेदन गर्दा परिवारका सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिबाट सहयोग लिन सकिने भए पनि व्यावसायिक परामर्शदाताबाट बच्न सुझाव दिएको छ।आवेदन फारममा श्रीमान्/श्रीमती तथा २१ वर्षमुनिका अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ। फारममा हालसालै खिचिएको फोटो आवश्यक पर्नेछ। विगतमा आवेदनका लागि राहदानी अनिवार्य गरिएको भए पनि यो पटक राहदानी विना नै आवेदन दिन सकिनेछ।

डीभीको नतिजा २०८२ वैशाख २० गतेपछि उपलब्ध हुने जनाइएको छ। हरेक वर्ष अमेरिकाले डाइभर्सिटी भिसा कार्यक्रममार्फत विभिन्न देशका सयौं व्यक्तिलाई स्थायी बसोबासको अनुमति दिँदै आएको छ। नेपालीहरू पनि यो कार्यक्रममा सहभागी भई अमेरिकामा स्थायी रूपमा बसोबास गर्न पाउने अवसर पाउँदै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *