विपि राजमार्गमा ठुला सवारीसाधनको आवागमन सुरु

असोज १०, ११, र १२ गतेको अविरल वर्षा र बाढी–पहिरोका कारण क्षतिग्रस्त भएको वि.पी. राजमार्गको भकुण्डेबेसी–बर्षेखोला खण्ड (काभ्रे) पुनः सन्चालनमा आउने तयारी भइरहेको छ। करिब ८ कि.मी. लम्बाइको सडक पूर्ण रूपमा बगाएको हुँदा हाल अस्थायी ट्र्याक निर्माण गरी साना सवारीसाधनका लागि मात्र आवागमन खुलाइएको थियो।

सडक डिभिजन कार्यालयले चौकीडाँडा र माम्ती खोलानजिकको डाइभर्सनको सुधार कार्य आज साँझसम्म सम्पन्न गरि यसअघि अनुमति प्राप्त ठुला सवारीसाधनहरूलाई सावधानीपूर्वक सन्चालन गर्न अनुमति दिइने सडक डिभिजन कार्यालय भक्तपुरले जानकारी दिएको छ।

वर्षा र पहिरोले राजमार्गका विभिन्न भागमा क्षति पुर्याएको थियो, जसका कारण ठुला सवारीसाधनको आवागमन रोकिएको थियो। मर्मत कार्य पूरा भएपछि सडकको आवागमन खुलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *