सर्लाहीमा पोखरीमा कार डुब्दा दुई जनाको मृत्यू

सर्लाही, कार्तिक २०

सर्लाहीको ईश्वरपुर नगरपालिका–२ मियाखोरस्थित पोखरीमा कार दुर्घटना हुँदा कारभित्र रहेका महोत्तरी गौशालाका ३७ वर्षीय सुरेश महतो र महोत्तरी सोनामाका ३७ वर्षीय रामाकान्त ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कारमा सवार महोत्तरीको गौशाला नगरपालिका–२ का अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल रूपमा बाहिर निस्किएका छन्। तर, गौशाला नगरपालिका–१० का ३७-३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर पोखरीमा डुबेर उनीहरूको मृत्यु भएको हो।

उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको छ।उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको छ।कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#update

Leave a Reply

Your email address will not be published. Required fields are marked *