कमला–पथलैया सडक स्तरोन्नतिमा समस्या

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कमला–ढल्केवर–पथलैया सडक आयोजनाको पूर्वी खण्डको स्तरोन्नति कार्य विभिन्न समस्याका कारण सुस्त गतिमा अगाडि बढिरहेको छ।

७४.७५ किलोमिटर लम्बाइको कमला–बढहरी–फूलजोर–बागमती खण्ड स्तरोन्नतिको चरणमा प्रवेश गरिसकेको छ। यही जनवरी १ तारिखदेखि निर्माण कार्य औपचारिक रूपमा सुरु भए पनि विभिन्न अवरोधका कारण कामले अपेक्षित गति लिन सकेको छैन।

विश्व बैंकको १८ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोगमा पूर्वी खण्डको स्तरोन्नति कार्य २०२५ जनवरी १ तारिखदेखि धनुषाको बडहरी, सर्लाहीको फूलजोर र कमला पुल पश्चिम गरी तीन ठाउँबाट एकसाथ अगाडि बढाइनुपर्ने योजना थियो।

निर्माण कार्यका लागि कमला पुलदेखि बडहरीसम्म इकेके इन्फ्रास्ट्रक्चर लिमिटेड, भारतले जिम्मेवारी लिएको छ भने बडहरी–फूलजोर र फूलजोर–बागमती खण्डका लागि चिनियाँ कम्पनी एसडब्ल्यु इजे र स्खुवा कन्स्ट्रक्सन कम्पनी (आरसिसी) ज्वाइन्ट भेन्चरसँग ठेक्का सम्झौता गरिएको छ।

निर्धारित योजना अनुसार सन् २०२७ भित्र निर्माण कार्य सम्पन्न गरिनुपर्ने भए पनि विभिन्न भौतिक, प्रशासनिक र वातावरणीय समस्याले कार्यान्वयनमा चुनौती खडा गरेको छ। स्थानीय स्तरका विवाद, सहमतिको अभाव र अन्य प्राविधिक समस्याका कारण निर्माण कार्य ढिलाइ भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *