महोत्तरी — महोत्तरी जिल्लाको गौशाला नगरपालिका-८ निवासी २१ वर्षीय खुश्बु कुमारी यादवको हत्या भएको छ। प्रहरीले दिएको जानकारीअनुसार पारिवारिक विवादका कारण खुश्बुको हत्या भएको आशंका गरिएको छ।जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सन्तुलाल प्रसाद जयसवारका अनुसार खुश्बुको हत्या भएपछि उनका श्रीमान् अभिषेक यादवसहित परिवारका सदस्यहरू फरार रहेका छन्। हाल प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेको छ।मृतककाे शव पोष्टमार्टमका लागि जलेश्वर प्रादेशिक अस्पताल पठाइएको छ। हत्याको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।मृतकका माइतीपक्षका अनुसार खुश्बुको विवाह गत विवाहपञ्चमीका अवसरमा अभिषेक यादवसँग भएको थियो। विवाहपछि उनी माइतीघर नफर्किएको बताइएको छ।यस घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ। परिवारिक कलहका कारण हत्या भएको प्रारम्भिक अनुमान गरिए पनि वास्तविक कारण प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ।
