सर्लाहीको कालिन्जोरमा ११० केजी गाँजा बरामद

सर्लाहीको लालबन्दी नगरपालिका-१५ स्थित कालिन्जोर खोलाको काँसघारीमा लुकाइराखिएको ११० केजी अवैध लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ। लागू औषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबास तथा अस्थायी प्रहरी पोस्ट परवानिपुरको संयुक्त टोलीले माघ २० गते राति करिब ९:३० बजे उक्त गाँजा फेला पारेको हो।गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक सुजन पाठकको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा खोलाको उत्तरतर्फ रातो प्लास्टिकले बेरिएको २२ वटा पोका भेटिएको थियो। ती पोकाहरू खोल्दा प्रत्येकमा ५/५ केजीको दरले जम्मा ११० केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ।गाँजा कसले राखेको र कसको लागि ओसारपसार गर्न लागिएको थियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। बरामद गरिएको गाँजा स्थानीय जनप्रतिनिधि तथा बासिन्दाको रोहबरमा नियमानुसार नियन्त्रणमा लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *