
महोत्तरी, २८ माघ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले सुरु गर्न लागेको तराई मधेश जागरण अभियान को तयारीमा जुट्न मधेश प्रदेशका नेताहरूलाई निर्देशन दिनुभएको छ।मधेशमा माओवादी पार्टी अझै पनि बलियो रहेको दाबी गर्दै अध्यक्ष प्रचण्डले यो अभियान सफल भएमा पार्टीको जनाधार थप मजबुत हुने बताउनुभयो। मधेश प्रदेशमा कार्यरत माओवादी केन्द्रका केन्द्रीय तहका सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उहाँले फागुन १२ गतेदेखि सुरु हुने अभियानको तयारी तीव्र पार्न निर्देशन दिनुभएको हो।

झापाबाट सुरु भएर कञ्चनपुरसम्म पुग्ने अभियानप्रचण्डका अनुसार अभियान झापाबाट सुरु भई कञ्चनपुरसम्म हुलाकी मार्ग केन्द्रित अभियान को रूपमा सम्पन्न गरिनेछ। त्यसपछि पहाड तथा हिमाली क्षेत्रमा मध्यपहाडी लोकमार्ग केन्द्रित पूर्वपश्चिम जागरण अभियान सञ्चालन गरिनेछ।दुबै अभियान सम्पन्न भएपछि काठमाडौंमा भव्य प्रदर्शन तथा सभा आयोजना गरिनेछ, जसले देशभरिको पहिचान झल्काउने अध्यक्ष प्रचण्डले बताउनुभयो।नयाँ राष्ट्रिय एकता निर्माणको अपेक्षाविभिन्न जाति तथा समुदायहरू आफ्नो अधिकारका लागि सक्रिय भइरहेका बेला यी तीनवटै अभियान सफल भए नयाँ राष्ट्रिय एकता निर्माण हुने र जनताको अधिकार खोस्न खोज्ने तत्वहरू पराजित हुने उहाँको दाबी छ।महाधिवेशन तयारीतर्फ माओवादीअभियानपछि केन्द्रीय समिति बैठक बसेर महाधिवेशनको तयारीमा लाग्ने माओवादी केन्द्रको योजना रहेको अध्यक्ष प्रचण्डले स्मरण गराउनुभयो। आगामी महाधिवेशनमा नेतृत्व चुनावबाटै निर्वाचित गरिने भएकाले सबै नेताहरूलाई कार्यकर्ता तथा जनतासँग जोडिएर काम गर्न पनि उहाँले निर्देशन दिनुभयो।अध्यक्ष प्रचण्डले पहिले मधेशमा माओवादी पहिलो पार्टी को रूपमा रहेको उल्लेख गर्दै अहिले पनि नेता, कार्यकर्ता तथा जनमतको आधारमा माओवादी बलियो रहेको दाबी गर्नुभयो। यदि सबै नेता-कार्यकर्ताहरू एकताबद्ध भएर काम गर्न सके, माओवादी फेरि मधेशमा पहिलो पार्टी बन्ने उहाँको विश्वास छ।
