
बर्दिबास, महोत्तरी – बर्दिबास नगरपालिकाले विद्यार्थीहरूलाई सिकाइ, रचनात्मकता र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने ‘बर्दिबास शैक्षिक महोत्सव–२०८१’ आयोजना गर्ने भएको छ। महोत्सव आगामी फाल्गुन ११ र १२ गते बर्दिबास–०१ स्थित श्री देउराली माध्यमिक विद्यालय परिसरमा सम्पन्न हुनेछ।शिक्षा, संस्कृति, रचनात्मकता तथा विज्ञान प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस महोत्सवमा विभिन्न कार्यक्रमहरू समावेश छन्।महोत्सवमा भाग लिन इच्छुक विद्यालयहरूले फाल्गुन ९, २०८१ भित्र बर्दिबास नगरपालिकाको शिक्षा, युवा र खेलकुद शाखामा दर्ता गर्नुपर्ने नगरपालिकाले जनाएको छ।
