
कथा त ठ्याक्कै कुनै नेपाली राजनीतिक थ्रिलरजस्तै छ है! एकछिनको लागि तपाईंलाई लाग्ला, “यो त फिल्मको स्क्रिप्ट हो कि क्या हो?” तर होइन, यो हो महिमान सिंह बिष्टको रियल लाइफ नाटक शुद्ध नेपाली फ्लेवरमा।
महिमान सिंह बिष्ट नाम त त्यति दमदार, मानौं कोही पुरानो शाही दरबारका खड्गबहादुर जस्तै! सर्वोच्च अदालतमा अधिकारी, झ्याप्प फाइल पल्टाउँदै, चिया सुरुप सुरुप पार्दै दिन कटाउँथे। तर उनको मुटुमा भने एउटा कुरा अलिकति काँडाजस्तै बिझिरहेको थियो रेशम चौधरीलाई राष्ट्रपतिबाट पाइएको माफी।अब त हेर न, कति दिनसम्म उनले यो कुरा मनभित्रै गुम्साएर राखे। तर आज चैँ, साह्रै गाह्रो भो! भन्छन् नि, “जुन कुरा मनले मान्दैन, त्यो एकदिन बाहिर निस्कन्छ।” अनि उनी आफैंले खल्तीबाट कलम निकालेर पत्रै लेखिदिए “रेशम चौधरीको माफी रद्द गरियोस्!” अनि त्यो पनि बिना कुनै मिटिङ, बिना कुनै अनुमति जस्तो सिधै भान्सामा गएर भोजको मःम: आफैं पकाएको होस्!अदालतको अफिसमा त बबाल भयो सबै जना, “ए! यो के भयो? को गर्यो? यो आधिकारिक हो त?” तर पछि बल्ल थाहा भयो, यो त महिमान दाइको एकल युद्ध रहेछ!
अब? हाहाहा… अहिले त्यो दाइ, जसले अरूलाई जेल पठाउने सिस्टममा काम गर्थे, आफैं जेलमा छन्!के भन्नु!
जिन्दगी कहिले सुपारीजस्तो त कहिले जलेबीजस्तो हुन्छ। महिमान दाइलाई त थाहा थियो होला, तर यो किस्सा चैँ अब नेपालको ठट्यौली इतिहासमा सुनिनेछ।
