
मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सरकारले केही देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०८२ फागुन १७ गते मन्त्रिस्तर गरेको निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत देशमा प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको हो।
सरकारले उक्त निर्णय हालको असहज सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कामदारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको स्पष्ट पारेको छ।
