
आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउने उद्देश्यले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाका सबै सीमानाका बन्द गरिने भएको छ।
निर्वाचन आयोगका अनुसार सरकारले आज रातिदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको हो।
निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान सुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार नाका बन्द गरिने र मतदान प्रक्रिया सम्पन्न भएपछि मात्रै पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।
आयोगले निर्वाचन अवधिभर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइने पनि जनाएको छ।
