महोत्तरी–१ मा रास्वपाका प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी

महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रमोद कुमार महतो (राष्ट्रिय स्वतन्त्र पार्टी) २२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल (नेपाल कम्युनिस्ट पार्टी) ले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित भएका हुन्।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरी ले ६ हजार ५९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का उम्मेदवार मुकेशराज काफ्ले ले ६ हजार २१३ मत प्राप्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *