
Stunt Bums Nepal र Hamro Digital Agency को सहकार्यमा अप्रिल ४ मा पहिलो पटक नेपालमा आयोजित Obstacle Challenge 2026 सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा बढ्दो मोटरस्पोर्ट्स सीनलाई थप उचाइमा पुर्याएको छ।“Speed. Skill. Balance. One track. One champion.” भन्ने थिममा सम्पन्न यस इभेन्टमा १० भन्दा बढी अवरोधहरू भएको प्राविधिक (technical) ट्र्याक तयार गरिएको थियो, जसले राइडरहरूको सन्तुलन, समय मिलाउने क्षमता र नियन्त्रणलाई कडा परीक्षणमा राख्यो। मुख्य प्रतिस्पर्धा अघि सहभागीहरूलाई दुई दिनको अभ्यास सत्र पनि उपलब्ध गराइएको थियो।यो प्रतिस्पर्धा single open category मा आयोजना गरिएको थियो, जहाँ 100cc देखि 250cc सम्मका बाइकहरू मात्र अनुमति दिइएको थियो भने dirt bikes प्रतिबन्धित थिए। जसले निष्पक्ष र व्यवस्थित प्रतिस्पर्धा सुनिश्चित गर्यो।प्रतियोगिताको नतिजा अनुसार:पहिलो स्थान Ranjit Tamang ले रु ५०,००० नगद पुरस्कारसहित जिते भने दोस्रो स्थान Bishal Tamang (रु २०,०००) र तेस्रो स्थान Nimesh Jung Thakuri (रु १५,०००) ले हासिल गरे। विजेताहरूलाई नगद पुरस्कारका साथै ट्रफी र गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो।महिला राइडरहरूको सहभागितालाई प्रोत्साहन गर्दै Shital Giri, Ruby Singh Rajput र Avhikshya Bajagain लाई विशेष सम्मान दिइएको थियो। उनीहरूलाई विशेष उपहार तथा featured भिडियोमार्फत सम्मान गरिएको थियो, जसले मोटरस्पोर्ट्समा महिला सहभागिता बढ्दै गएको संकेत गरेको छ।कार्यक्रममा नेपालका चर्चित राइडरहरू Raj Kumar Karki, Mingma Tamang र Barsha Basnet अतिथिका रूपमा उपस्थित थिए। उनीहरूको उपस्थितिले कार्यक्रमलाई थप विश्वसनीयता प्रदान गर्नुका साथै नयाँ राइडरहरूलाई प्रेरणा दिएको छ।Obstacle Challenge 2026 ले नेपालमा stunt र riding events को तीव्र विकास भइरहेको देखाएको छ। पहिलो पटक आयोजना गरिएको यो इभेन्टले आगामी दिनहरूमा अझ ठूला र प्रतिस्पर्धात्मक कार्यक्रमहरू हुने आयोजकले जानकारी दिनुभयो।



