
मिति २०८१/०२/०६ गतेका दिन शहीद विद्यालयमा Asian Education Foundation Nepal संस्थाको तर्फबाट विधार्थीहरुलाई झोला वितरण र बाल क्लबलाई खेलकुद सामग्रीको लागि नगद प्रदान गर्ने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा माननीय तथा पूर्व मधेश प्रदेश गृह मंत्री श्री भरत प्रसाद साह, वार्ड न. ११ का वडा अध्यक्ष श्री पूर्ण बहादुर बल, संस्थाका अध्यक्ष श्री डा. इन्द्र बहादुर रखाल, श्री तारा थापा मगर, र श्री अनिल बस्नेत तथा स्थानीय समाजसेवीहरुको गरिमामय उपस्थिति रहेको थियो।
Asian Education Foundation Nepal ले विद्यालयका सम्पूर्ण विधार्थीहरुलाई १-१ झोला वितरण गरेको छ। साथै, शहीद विद्यालय बाल क्लबलाई खेलकुद सामग्रीको लागि रु. २०,०००/- नगद प्रदान गरिएको छ। विद्यालय परिवारले यो महत्त्वपूर्ण सहयोगको लागि संस्था र उपस्थित सबै अतिथिहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
विद्यालयका प्रधानाध्यापकले यस्ता कार्यक्रमले विधार्थीहरुको शैक्षिक र अतिरिक्त क्रियाकलापमा रुचि बढ्ने र उनीहरुको सर्वांगीण विकासमा टेवा पुग्ने बताउनुभयो। उहाँले आगामी दिनहरुमा पनि यस्तै सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो।
यो सहयोगले विधार्थीहरुमा उत्साह थपिएको र विद्यालयको शैक्षिक वातावरणमा सकारात्मक प्रभाव परेको देखिएको छ।
