श्रम मन्त्रालयले सबै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको श्रम यात्रा र रोजगारीका बहुआयामिक आवश्यकतालाई एकद्वार प्रणालीद्वारा सम्बोधन गर्ने उद्देश्यले ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्ने भएको छ।मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गरी रोजगारीको खोजीमा रहेका व्यक्तिको रोजगारदातासमक्ष सहज पहुँच अभिवृद्धि गर्ने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको जनाएको हो। श्रममन्त्री डोलप्रसाद अर्यालले मन्त्रालयले आयोजना गर्न लागेको प्रदेशस्तरीय मेला सुरुआत मात्रै भएको र यसले रोजगारीको खोजीमा रहेका नागरिकलाई रोजगारदातासमक्ष सहज रूपमा पुग्न सहज हुने विश्वास व्यक्त गरे। उनले आगामी दिनमा मेलालाई जिल्ला, स्थानीय र वडासम्म पनि पुर्‍याउन सकिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *