प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १७ महिनापछि प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ। सामान्यतया प्रधानमन्त्री तथा मन्त्रीहरूले ६० दिन भित्र सम्पत्ति विवरण बुझाएर सार्वजनिक गर्ने प्रचलन छ।

विवरण अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको खातामा प्रतिनिधि सभाको सदस्यको हैसियतमा प्राप्त २५ लाख रुपैयाँ रहेको उल्लेख छ। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १४ मा स्वर्गीय श्रीमती सीता दाहालको नाममा पैत्रिक सम्पत्तिबाट प्राप्त १४ कठ्ठा र अंशबाट प्राप्त एक कठ्ठा जमिन रहेको उल्लेख छ। यस्तै पैत्रिक स्रोतबाट प्राप्त ५ तोला सुन रहेको विवरणमा उल्लेख छ।

मन्त्रीहरूको सम्पत्ति विवरणअनुसार २३ जना मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर महासेठ देखिनुभएको छ। महासेठको विभिन्न ११ वटा बैंक खातामा २ करोड २५ लाख रुपैयाँ रहेको उल्लेख रहेको छ। पैत्री तथा उपहारबाट प्राप्त ४३ तोला सुन र साढे १ किलो चाँदी रहेको छ। त्यस्तै पत्नी जुली कुमारी महते को नाममा साढे तिन करोड रुपैयाँ बराबरको सेयर रहेको छ। अर्का उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ रहेको खुलाउनु भएको छ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पनि विवरण सार्वजनिक गर्नुभएको छ। उहाँकी पत्नी निकिता पौडेलको नाममा बुढानीलकण्ठमा ३ करोड ७५ लाख रुपैया पर्ने जग्गा छ पारिश्रमिकबाट यो जग्गा किनेको उल्लेख छ। यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुझाएको विवरण अनुसार अर्थमन्त्री वर्षमान पुनसँग ३३ लाख ७० हजार रुपैयाँ बैंकमा रहेको छ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको नाममा ११ तोला सुन रहेको उल्लेख गर्नुभएको छ। सुमनाको बैंक खातामा १ करोड१५ लाख रुपैयाँ रहेको छ। उहाँको श्रीमानको बैंक खातामा १ लाख८९ हजार डलर रहेको उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *