
बर्दिबास लगायतका क्षेत्रहरूमा शनिबार बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म लाइन अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण गौशाला जनाएको छ।
सखुवा वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने मिथिला नगरपालिकाको कार्यालयदेखि ढल्केबर सबस्टेसनसम्म ११ के.भि. लालगढ फिडरमा कन्डक्टर स्तरोन्नति गर्ने काम भएकाले लाइन काटिनु परेको गौशाला वितरण केन्द्रले जनाएको छ।
