सडक विभागलाई बालेनको धुलो उपहार

काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चक्रपथ विस्तार नगरेको भन्दै सडक विभाग तथा डिभिजन सडक कार्यालय काठमाडौँ अगाडि धुलो थुपारी दिएका छन्। १५ वर्ष देखि काठमाडौँ महानगरवासीले धुलो खानुपरेको भन्दै बालेन शाहको निर्देशनमा शनिबार सडकका धुलो तथा फोहोरहरू जम्मा गरी ती कार्यालय अगाडि धुलो खन्याएको छन्।

उनले आफ्नो फेसबुकमा लेखेका छन्। “माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यु ! तपाईंको ठाडो आदेशले भईरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यहि आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ बर्षदेखि काठमाडौको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौमा हुने आधा भन्दा बढि प्रदुषणमा त्यहाँ कै धुलोको हात छ, जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ, त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढि गर्नु परेको छ, पुग्न अबेला भोग्नु परेको छ । र, काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ ।यो धुलो जनताले मात्र खाँदा राम्रो देखिदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्विकार्नु होला ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *