बर्दिबास नगरपालिकाद्वारा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै

बर्दिबास नगरपालिकाद्वारा गणतन्त्र दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ।

नगरपालिकाले सरसफाई तथा दिप प्रज्वलन कार्यक्रम जेठ १५ गते साँझ ६ बजेदेखि साढे ७ बजेसम्म सरसफाई सकेर सिन्धुली रोड अभिषेक पुस्तक पसल अगाडि भेला भई दीप प्रज्वलन गर्ने जनाएको छ। जेठ १६ गते बर्दिबास अस्पताल मा सरसफाई तथा बिरामीहरूलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको छ। सो कार्यक्रम बिहान ७ बजे हुँदैछ।

नगरपालिकाको गणतन्त्र दिवस कार्यक्रम आयोजना समिति जेठ १४ गते बसेको बैठकले कार्यक्रम आयोजना गरी २०८१ सालको गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो। कार्यक्रममा नगरस्थित राजनीतिक दल सरकारी कार्यालय सुरक्षा निकाय संघसंस्था पत्रकार लगायत सम्पूर्ण नगरवासीहरूमा उपस्थितिका लागि अनुरोध गरेको छ।

खयरमारा पोस्टमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए hellokhayarmara@gmail.com मा पठाउनु होला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *