
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुट दल भारतीय जनता पार्टी भाजपा लोकसभा चुनावमा बहुमत ल्याउन असफल भएको छ। पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक पछिल्ला दुई चुनावमा लगातार बहुमत ल्याएर सरकारको नेतृत्व गरेका मोदीलाई यसपटक भने सरकार बनाउन गठबन्धनमा आबद्ध दलहरूको भर पर्नुपर्ने अवस्था आएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गठबन्धनले लगातार तेस्रो पटक सरकार बनाउने निश्चित भएको बताउँदै आएका छन्। अब मोदीको राजनीति बिहारका नितिश कुमार र आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री चन्द्रबाबु नायडू जस्ता नेताको मन र मतमा निर्भर रहनेछ।

पाचँ सय ४२ सिटको लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले २ सय ४० सिटमा जित हासिल गरेको छ र भाजपा नेतृत्वको गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको छ। भारतीय राष्ट्रिय कांग्रेस पार्टीको नेतृत्वमा रहेको विपक्षी भारत गठबन्धनले २३४ सिट जितेको छ । अप्रिल १९ तारिख देखि सुरु भएको लोकसभा चुनावमा हुमिदै गर्दा ३७० र भाजपाले नेतृत्व गरेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएले ४०० सिट पार गर्ने प्रधानमन्त्री मोदीले दाबी गर्दै आउनुभएको थियो।

