
२०८१/०२/२५
मधेस प्रदेशमा १४ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। शुक्रबार जनमत पार्टीका सांसद् सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएपछि मधेस प्रदेशमा मन्त्रिपरिषद् गठन गरिएको हो।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री सिंहको सिफारिसमा कार्य विभाजनसहित मन्त्रिपरिषद् गठन गरेको प्रदेश प्रमुख कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सतिश कुमार सिंह मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बन तथा वातावरण मन्त्रालय, मन्त्रीहरूमा सरोज कुमार यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, भरत प्रसाद साह अर्थ मन्त्रालय, गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, युवराज भट्टराई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, राज कुमार लेखी शिक्षा तथा संस्कृति मन्त्रालय, शत्रुधन प्रसाद सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बेची मुंगेली उर्जा, सिचाई तथा खानेपानी मन्त्रालय, प्रमोद कुमार जयसवाल खेलकुद तथा समाज कल्याण मन्त्रालय, विमला अंसारी गृह सञ्चार तथा कानून मन्त्रालय, उर्मिला चौधरी श्रम तथा यातायात मन्त्रालय, तस्तै राज्यमन्त्रीहरू केशव राय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शारदा देवी थापा शिक्षा तथा संस्कृति मन्त्रालय, रन्जु कुमारी मंडल विना विभागीय।
मुख्यमन्त्री सिंहले नयाँ मन्त्रिपरिषदसँग मिलेर प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने बताएका छन्। यस मन्त्रिपरिषदले मधेश प्रदेशको सर्वांगीण विकास र नागरिकहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्य राखेको छ।
