
मिति २०८०।११।२० गते अं. १६:०० बजेको समयमा रेडिमेड लत्ताकपडा बिक्री गर्ने ब्यापारी लाई जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ०७ भोईल स्थित मोटरसाईकलमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले हतियार देखाई नगद रु. ३२०००/- (बत्तिस हजार) नोकिया कम्पनिको स्क्रिन टच मोबाईल लुटपाट घटनामा प्रत्यक्ष संलग्न रहेका प्रहरी अनुसनधानबाट खुल्न आएका अभियुक्तहरुः१. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ०२ तरहारी घर भई जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाईल डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा ।२. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०२ बखरी टोल घर भई जिल्ला धनुषा ज.उ.म.न.पा.०७ जिरोमाईल डेरा कोठा लिई बस्ने आशिष कुमार कंठ ।३. जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ०१ बस्ने श्रवन कुमार कापर।• मिति २०८०।११।२२ गते अं. १९:३० बजेको समयमा माछा ब्यापारीलाई जिल्ला महोत्तरी भंगहा न.पा. वडा नं.०६ हंसरवा स्थित बाटोमा मो.सा.मा आएका ३ जना अपरिचित ब्यक्तिहरुले पेस्तोल ताकी रकम रु २५००० (पच्चिस हजार), नार्जी कम्पनिको मोबाईल थान-१, घाँटीमा लगाएको सुनको हनुमानी समेत लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेका अभियुक्तहरुः१. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ०२ तरहारी घर भई जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाइल डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा ।२. जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाइल डेरा कोठा लिई बस्ने आशिष कुमार कंठ।३. जिल्ला महोत्तरी औरही न.पा. वडा नं. ०१ बस्ने श्रवन कुमार कापर।• मिति २०८०।११।२९ गते अं. १९:२० बजेको समयमा साँझा बचत तथा ऋण सहकारी संस्थामा संकलन भएका रकमहरु ७२,३७०/- (बहत्तर हजार तीन सय सत्तरी) लुटपाटका घटनामा प्रत्यक्ष संलग्न रहेका अभियुक्तहरु१. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ०२ तरहारी घर भई जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाइल डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा ।२. जिल्ला धनुषा ज.उ. म.न.पा. ०७ जिरोमाइल डेरा कोठा लिई बस्ने आशिष कुमार कंठ।३. जिल्ला महोत्तरी औरही न.पा वडा १ बस्ने वर्ष ४० को श्रवन कुमार कापर।• मिति २०८१।०२।२७ गते जिल्ला महोत्तरी एकडारा गा.पा. वडा नं.०४ हलखोरी बजारमा रहेको किराना पसलमा डाँका गर्ने उद्देश्यले गएको तर मानिसहरुको गतिबिधि बढेको कारण डाँका गर्न नसकेको घटनामा प्रत्यक्ष संलग्न अभियुक्तहरुः• १. जिल्ला महोत्तरी औरही न.पा. वडा नं.०२ को चेपक्ट बस्ने बर्ष २२ को राजा बाबु भन्ने राजाराम यादव ।२. जिल्ला महोत्तरी औरही न.पा. वडा नं.०१ बस्ने सुनिल कुमार यादव।३. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०२ बखरी टोल बस्ने बर्ष ३० को आशिष कुमार कंठ ।• मिति २०८१।०२।२८ गते अं. बेलुका ०५:३० बजेको समयमा जिल्ला महोत्तरी गौशाला नं.पा. वडा नं.०५ मरहा खोला स्थित बाटोमा बिनय कुमार सिंहलाई गोली प्रहार गरी सुनको सिक्री लुटपाटका घटनामा प्रहरीअनुसन्धानद्वारा खुल्न आएका प्रत्यक्ष रुपमा संलग्न अभियुक्तहरुः१. जिल्ला धनुषा सवैला न.पा. वडा नं.०९ भटिहन बस्ने बर्ष ४७ को शशी शंकर कापर।२. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०२ बखरी टोल बस्ने बर्ष ३० को आशिष कुमार कंठ ।• प्रहरीद्वारा पक्राउ अभियुक्तहरुः१. जिल्ला धनुषा सवैला न.पा. वडा नं.०९ भटिहन बस्ने बर्ष ४७ को शशी शंकर कापर।२. जिल्ला महोत्तरी भंगाहा न.पा. वडा नं. ०२ बखरी टोल बस्ने बर्ष ३० को आशिष कुमार कंठ ।पक्राउ परेको अभियुक्तहरु३. जिल्ला महोत्तरी सोनमा गा.पा. वडा नं. ०२ तरहारी घर भई जिल्ला धनुषा ज.उ.म.न.पा. ०७ जिरोमाईल डेरा कोठा लिई बस्ने मुखचन्द्र दास तत्मा ।४. जिल्ला महोत्तरी औरही न.पा. वडा नं.०२ को चेपक्ट बस्ने बर्ष २२ को राजा बाबु भन्ने राजाराम यादव।५. जिल्ला महोत्तरी औरही न.पा. वडा नं.०१ बस्ने सुनिल कुमार यादव ।६. जिल्ला महोत्तरी औरही न.पा. वडा नं.०१ बस्ने श्रवण कुमार कापर। (हाल जिप्रका धनुषाको हिरासतमा रहेको)• बरामद दशी प्रमाणहरुः१. कटुवा पेस्तोल थान-१२. Live round bullet थान- ४३.ज. ८ प २६२१ नं. को कालो रंगको गल्याम्वर कम्पनीको मो.सा. थान-१४. सुन्तला रंगको हुडी थान-१ (साँझा बचत तथा ऋण सहकारी संस्थाको पैसा लुटपाट गर्ने समयमा मुखचन्द्र दासतत्माले लगाएको)५. विभिन्न दरको नेपाली रु १ लाख ७३ हजार ३ सय वीस रुपैया।६.ज.३. प. ५०२३ नम्बरको डिस्कभर कम्पनीको मो.सा. थान-१७. कलेजी (मरुन) रङको सर्ट थान- १ (गौशालामा भएको गोली काण्डमा मो.सा. चालक अभियुक्त आशिष कुमार कंठलेलगाएको)८. चप्पल १ जोर (गौशालाको गोली काण्डमा शशी शंकर कापरले लगाएको ।• प्रहरीद्वारा पक्राउ गरिएका अभियुक्तहरूमाथि अनुसन्धान भई रहेका मुद्दाहरुः१. हातहतियार तथा खरखजाना२. चोरी/डाँका (लुटपाट)३. ज्यान मार्ने उधोग४.
संगठित अपराधसूचना अधिकारी
(सन्तुलाल प्रसाद जैसवार)
प्रहरी नायव उपरीक्षक
९८५४०९०१६१
