
२०८१ श्रावण ३
टुटेश्विरनाथ महादेव मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। श्रावण महिनाको प्रत्येक सोमबार लाग्ने मेलालाई मध्यनजर गर्दै, ‘सामुदायिक प्रहरी साझेदारी’ अन्तर्गत कार्यक्रम आयोजित गरिएको थियो।कार्यक्रममा स्थानीय जनप्रतिनिधी, बुद्धिजीवी, भद्र-भलाद्मीप, शसस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी टोलीको सहभागीता थियो।
कार्यक्रमको कमाण्ड प्र.ना.नि. अमृत ब. कार्कीले गरेका थिए। उक्त सरसफाई कार्यक्रममा सहभागिहरुले मन्दिर परिसरको सरसफाई गरी मेलामा आउने भक्तजनहरुलाई स्वच्छ र सुरक्षित वातावरण प्रदान गर्न योगदान पुर्याएका थिए। यस प्रकारका कार्यक्रमले समुदायमा जनचेतना फैलाउन मद्दत पुग्ने र स्थानीय स्तरमा सहकार्यको भावना बलियो बनाउने अपेक्षा राखिएको छ।प्रहरी तथा स्थानीय जनताको सक्रिय सहभागिताले मन्दिर परिसरलाई स्वच्छ र व्यवस्थित बनाएकोमा सबैले खुशी व्यक्त गरेका थिए। भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको जनाइएको छ।
