
काठमाडौं ।
मेसेजिङ एप ह्वाट्सएपमार्फत फाइलहरू पठाउन अब इन्टरनेट आवश्यक नपर्ने भएको छ । मेटा अन्तर्गत रहेको ह्वाट्सएपले एप्पलको एयरड्रप र गुगलको नियरबाइ शेयर जसरी काम गर्ने नयाँ फिचर ल्याउन लागेको छ।यो फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले इन्टरनेट बिना नै डक्युमेन्ट, फोटो, भिडियो जस्ता फाइल अन्य प्रयोगकर्तालाई पठाउन सक्नेछन्।
ह्वाट्सएपबारे सूचना लेख्ने डब्लुएबेटाइन्फोका अनुसार यो फिचर एन्ड्रोइडमा परीक्षण भइसकेको छ भने आईओएसमा पनि उपलब्ध हुनेछ।फिचर उपलब्ध भएपछि इन्टरनेट नभएका अथवा कमजोर भएका ठाउँमा ह्वाट्सएपमार्फत अन्य व्यक्तिहरूलाई फाइल पठाउन सजिलो हुने बताइएको छ।
मेटाले यो फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध गराउँछ या सशुल्क दिन्छ भन्ने विषयमा भने जानकारी आएको छैन।
