मौसमजन्य विपद्मा परी मुलुकभर एक सय ३९ जनाको मृत्यु

साउन -११ २०८१

मौसमजन्य विपद्मा परी मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ ।बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा २, कोशीमा २२, मधेसमा ६, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा ८ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाढीपहिरोमा परी कोशी र बागमती प्रदेशमा दुई÷दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक÷एक गरी ६ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपद्मा परी एक सय ५६ जना घाइते भएका छन् ।

बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने २ सय ३८ घर, ८६ गोठ, ४३ पुल, २ विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ४ हजार ३० घरपरिवार विस्थापित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *