बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने

बर्दिबास नगरपालिकाले सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने भएको छ।

बर्दिबास-३, गौरीडाँडामा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पुगेर बर्दिबास नगरपालिकाका मेयर प्रल्हादकुमार क्षेत्रीले चालु आर्थिक वर्षमा सर्पदंशका बिरामीको निःशुल्क उपचार गर्ने घोषणा गरेका हुन् ।यसका लागि नगरपालिकाले चार लाख रुपियाँ उपलब्ध गराउने उनले बताए । यो सहयोगले बर्दिबास नगर क्षेत्रका १४ वटै वडाबाट भर्ना भएका सर्पदंशका बिरामीको निःशुल्क उपचारमा पर्याप्त हुने दाबी उनले गरेका छन् ।

स्थानीय बासिन्दाहरूले यो निर्णयलाई स्वागत गरेका छन् र यसले जनताको जीवन रक्षा गर्ने विश्वास व्यक्त गरेका छन्। यो निर्णयले बर्दिबास नगरपालिकालाई सर्पदंश उपचारमा अग्रणी स्थानमा पुर्याउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *