
बर्दिबास न.पा. वडा नं.१४ बर्दिबास स्थित पुर्ब पश्चिम लोकमार्गमा बिशेष सूचनाको आधारमा प्रहरीले प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ।
चेकजाँच गर्ने क्रममा बा.प्र.०३-००१ ख २८३२ नं को मिनी ट्रक नरोकी द्रुत गतीमा भागी फरार रहेकोमा तुरून्तै इ.प्र.का. बर्दिबासबाट प्र.ना.उ. रेवती रमण पोखरेलको कमाण्डमा प्रहरी टोली परिचालन भई खोजतलास गर्दा बर्दिबास न.पा. वडा नं०१ स्थित यामाहा सो- रूम अगाडी BR30G 7043 नं को भारतीय ट्रकमा प्लास्टिकको पोका भित्र गाँजा जस्तो पदार्थ पल्टी गर्दै गर्दा नियन्त्रणमा लिई चेकजाँच गर्दा बा.प्र.०३-००१ ख २८३२ नं को मिनी ट्रकको छतमा फल्स बटन बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले फेला पारी तौल गर्दा ६११ किलो गाँजा बरामद गरेको हो। पक्राउ पर्नेहरुमा भारत जिल्ला मोतिहारी ग्राम पञ्चायत कुरिया बस्ने बर्ष २५ को गुड्डु कुमार यादव र मधुरापुर बस्ने बर्ष २९ को मनिष कुमार गिरी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
