मर्स्याङ्दी नदीमा खसेको बसमा सवार ‘कम्तीमा २७ जनाको मृत्यु’

भदौ-७ शुक्रबार

तनहुँ जिल्लास्थित आँबुखैरेनीनजिकै शुक्रवार बिहान मर्स्याङ्दी नदीमा खसेको बसमा सवार कम्तीमा २७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताएका छन्।

उनका अनुसार गम्भीर अवस्थामा रहेका १६ घाइतेलाई सेनाको  हेलिकप्टरबाट उपचारका लागि काठमाण्डू पठाइएको छ।

उनीहरूलाई महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको छ।उक्त बस रूपन्देही जिल्लाको बेलहिया नाका हुँदै गत भदौ ४ गते नेपाल प्रवेश गरेको थियो। 

बसमा सवार केही मानिस बेपत्ता भएका र उनीहरूको खोजी कार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *