
८ भदौ २०८१ सिन्धुली
सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सुनकोशी नदीमा गाडी खसेको छ । मध्य पहाडी लोकमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुँडुलेबाट सुनकोसी नदीमा गाडी खसेको हो।
खोटाङको हलेसीबाट भक्तपुरतर्फ आउँदै गरेको एउटा हाइलक्स गाडी शनिबार साँझ सुनकोसी नदीमा खस्दा त्यसमा रहेका तीन जना बेपत्ता भएका छन् । सोही गाडीमा सवार एक जना घाइते भएका छन्।
प्रहरीले गाडीलाई फेला पारेको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
