‘लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! यही हो तिमीहरुको संस्कृति ?’

तस्विर: अनलाइन खवर

‘लाज पनि छैन । कार्यक्रम बिथोल्ने ? लाज नभएकाहरू ! यही हो तिमीहरुको संस्कृति ?’
सार्वजनिक मञ्चबाट एउटा पूर्व-प्रधानमन्त्रीको भाषा !

लोकतन्त्रमा नेता र दलप्रति विरोध र प्रदर्शन स्वाभाविक मानिन्छ । त्यसमाथि ऱ्याल चुहाउँदै सत्तामा आजीवन टाँसिइराख्न चाहनेहरू प्रति सधैँ जनताले फूलमाला र खादा अर्पण गर्ने भन्ने त हुँदैन ! तिनको छोरा या नातिको पास्नीमा पुगेर विरोध गरेको भए त्यो व्यक्तिगत या असंस्कृत हुन्थ्यो ।

बड़ो लोकतान्त्रिक दल भनिने कांग्रेसका यी मुखियाको आजसम्म कुनै एउटा भाषण, कुनै एउटा अन्तर्वार्ता या कुनै एउटा लेख पढिएको छैन जसमा देश र नागरिक समस्याप्रति चिन्ता, निकास या विकासको रौँजत्तिकै रोडम्याप होस् ! तथ्य, भिजन, भद्रता र हास्यको किञ्चित् अंश पनि नभएको र छेउ न टुप्पोको बकबक कति सुन्ने ? किन सुन्ने ? के कांग्रेससँग सुनाउन मिल्ने त्यत्ति हो ?

जनताकै करमा शाखासन्तान र लालाबालासहित रजाइँ गर्दै जनतालाई नै लाज नभएको भन्ने हक कसरी आयो ?

फेरि यसो सोच्दा त हो पनि ! लाज भन्ने चीज भएको भए अलिकति त ती कांग्रेसी या एमाले भन्ने जनमा पनि हुँदो हो ! लाज भएको भए शायद यिनै घिसिपिटी अनुहार सधैँभरि मञ्चमा पुग्दैनथे होला । हामी जनतामा लाज भएको भए पनि यस्ता नमुनाको बैशाखी समाएर समृद्ध नेपालको कल्पना पक्कै गर्दैनथ्यौँ होला ! लाजमात्रै होइन, हुति पनि छैन !

लाज नभएकाहरू !

  • – नारायण गाउले

Leave a Reply

Your email address will not be published. Required fields are marked *