
विगत २४ घण्टामा नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको फेसबुक पेज ४० हजार भन्दा धेरैले ‘अनफलो’ गरेको देखिएको छ भने यो समाचार तयार पार्दासम्म पनि यो क्रम जारी देखिन्छ।
सामाजिक सञ्जालको निगरानी गर्ने अन्तर्राष्ट्रिय वेबसाइट ‘सोशल ब्लेड’का अनुसार सोमवारसम्म केपी ओलीको आधिकारिक फेसबुक पेज लाइक गर्नेहरूको सङ्ख्या ६,३२,७०८ थियो। तर बुधवार सम्म यो पेज लाइक गर्नेहरूको सङ्ख्या ५,८९,००० मात्रै देखिएको छ।
