खयरमारा पोष्ट

सम्पुर्ण जनतालाई सुसुचित र जनप्रतिनिधिलाई खवरदारी खयरमारा पोष्टको जिम्मेवारी ।
120 Posts

बर्दिबासमा वि.पी राजमार्ग अवरुद्ध, सुनौलो वि.पी यातायात प्रा.लि.माथि बस दुर्घटनाको उपचार खर्च नबेहोरेको आरोप

बर्दिबास, असोज २६  सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार खर्च नबेहोरेको भन्दै पीडित परिवार र स्थानीय बासिन्दाले आज बिहानदेखि बर्दिबास क्षेत्रको वि.पी राजमार्ग अवरुद्ध गरेका छन्। गत असोज १७ गते बिहान ६:३५ बजे सर्लाहीको घारीबथानबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १४६४ नम्बरको सुनौलो वि.पी यातायात प्रा.लि.को बस खयरमारा–१० मा अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा दर्जनौं यात्रु घाइते भएका थिए। तीमध्ये गम्भीर अवस्थाका यात्रुहरूको उपचार हाल काठमाडौँस्थित ट्रमा सेन्टर, विर अस्पताल र भक्तपुर इन्टरनेशनल अस्पतालमा भइरहेको छ। पीडित परिवारका अनुसार उनीहरूले सोही कम्पनीकै टिकट काटेर यात्रा गरेका थिए। तर दुर्घटनापछि सुनौलो बीपी यातायात प्रा.लि.का अध्यक्ष कान्छामान तामाङले बस अब कम्पनीमा आबद्ध नरहेको भन्दै जिम्मेवारी अस्वीकार…
थप पढ्नुहोस्

लक्ष्मीनारायण जनता माविको बगैँचा ठेक्का सम्पन्न

बर्दिबास नगरपालिका वार्ड नं १० मा रहेको श्री लक्ष्मीनारायण जनता माध्यमिक विद्यालयको आफ्नो स्वामित्वमा रहेका बर्दिबास नगरपालिका वार्ड नं १० र ११ मा रहेका आफ्ना जग्गाहरूमा लगाइएको बगैँचाको आप पुरानो ठेक्काको समय सकिए लगत्तै नयाँ ठेक्का लागेको छ। बर्दिबास नगरपालिका १० र ११ मा भिन्दाभिन्दै ९/१० ठाउँमा लगभग १० बिगाहामा करिब करिब ४०० ओटा आपका बोटहरू रहेको बगैंचा अघिल्ला वर्षहरूमा दुई लाख ८० हजारमा ठेक्का लागेको थियो। यो आपको सिजन सकिए सँगसँगै तीन वर्षका लागि दिइएको पुरानो ठेक्काको समय पनि सकिएको छ।पुरानो ठेक्काको समयावधि सकिए लगत्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गामान लामा तथा यसै विद्यालयका नवनियुक्त प्र.अ. नवराज दाहालको अग्रसरतामा गएको श्रावण १८ गते विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष, बर्दिबास…
थप पढ्नुहोस्

बर्दिबास नगरपालिका १० र ११ खयरमाराको खस्कदो शिक्षाको गुणस्तर को कति जिम्मेवार

बर्दिबास नगरपालिका १० र ११ खयरमारामा रहेका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा(SEE) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। दुवै वडामा रहेका पाँच विद्यालयहरू जसका १०९ विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षामा समावेश भएकामध्ये जम्मा १२ जना उत्तीर्ण भएका छन्। यो नतिजा एकदमै निराशाजनक छ। यो निराशाजनक नतिजा आउनाको कारणहरू केलाउने प्रयास गरेका छौं। सर्वप्रथम त शिक्षक नियुक्ति कै कुरा आउँछ। देशका अन्य सरकारी विद्यालयमा जस्तो खयरमाराका विद्यालयमा पनि शिक्षक नियुक्तिबाटै राजनीतिक सुरु हुन्छ। शिक्षक नियुक्तिमै राजनीति हुने भएपछि विद्यालय कसरी राजनीतिकबाट अछुतो रहन सक्छ ? नगर तथा स्थानीय तहमा राजनीतिक नेतृत्व फेरिने बित्तिकै शिक्षक फेरबदल गर्ने सिलसिला सुरु हुन्छ। आफ्ना दलका कार्यकर्ताहरूलाई भर्ती गर्ने अखडा बनाइन्छ विद्यालय।यहाँ रहेका प्राय विद्यालयहरूमा व्यवस्थापन समिति नै…
थप पढ्नुहोस्

महोत्तरी र सर्लाहीको उत्तरी भेगमा व्यवसायीक रुपमा मौलाउदै प्रतिबन्धित गाँजाखेती

महोत्तरी तथा सर्लाहीको उत्तरी भेग चुरे भूभाग भन्दा तल रहेको बाँके खोला, छोड्के खोला, तथा खयरमारा खोलाको अधिकांश स्थानीय बासिन्दाले पछिल्लो केही वर्ष देखि नेपालमा प्रतिबन्धित लागुऔषधको रुपमा रहेको गाँजा खेती व्यवसायीक रुपमा गर्ने गरेका छन् । भौगोलिक विकटता, गुणस्तरीय शिक्षा, स्वास्थ्य, रोजगारीका लागि अन्य जिल्ला तथा वैदेशिक रोजगारी बाट फर्केकाहरू समेत यसै पेशामा संलग्न छन्। सरकारी बिद्यालयमा अध्यापन गराउने शिक्षक समेत यश पेशामा लागेका छन्। यश प्रतिबन्धित गाँजा खेती पछिल्लो वर्ष भन्दा यो वर्ष बर्दिबास १०/११ खयरमाराका तल्लो भेगमा बस्ने अन्य व्यक्तिले समेत जमिन भाडामा लिएर गाँजा खेती गरेकाले झनै मौलाएको ठोकुवाका साथ भन्न सकिन्छ । माथिल्लो भेगका आर्थिक रुपले विपन्न परिवार जो सँग कसैले ऋण पत्याउने हैसियत छैन…
थप पढ्नुहोस्

बर्दिबासमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ

महोत्तरी, बर्दिबास नगरपालिका–१४ स्थित गौतम होटल अगाडि अवैध लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्र.ब.ना.नि. मिन बहादुर रावल र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासबाट प्र.ना.नि. सरोज कुमार अधिकारीको कमाण्डमा संयुक्त प्रहरी टोली खटिएको टोलीले शंका लागि ज.७ प.१३८८ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा, मोटरसाइकलमा कालो प्लास्टिकको पोका भित्र लेगगार्डमा झुण्ड्याई लुकाईछिपाई राखिएको अवस्थामा प्रतिबन्धित लागुऔषध WIN COREX 100 ML का जम्मा १७ बोतल बरामद भएको छ। मोटरसाइकल चालक सर्लाही, बलरा नगरपालिका–१०, सुदामा स्थायी घर भई हाल महोत्तरी, बर्दिबास नगरपालिका–१४ बसोबास गर्दै आएका वर्ष २७ का शशिभूषण सिंह रहेको खुलेको छ। बरामद लागुऔषध र प्रयोग गरिएको मोटरसाइकलसहित पक्राउ परेका शशिभूषण सिंहलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको…
थप पढ्नुहोस्