साहित्य

हिरासतको २२ दिन: एक क्रान्तिकारीको आँखाबाट देखिएको वर्गीय राज्य

– आयुष घिमिरे २०८२ सालको जेठ ४ गते, मधेस प्रदेशको राजनीतिक र सामाजिक क्षितिजमा एउटा निर्णायक जनकारबाहीको उद्घोष भयो। अखिल क्रान्तिकारी, मधेस प्रदेश समितिको अग्रसरतामा तत्कालीन सिटिइभिटी उपनिर्देशक गोविन्द पौडेलमाथि गरिएको कारबाहीले केवल व्यक्तिविशेषको भ्रष्ट क्रियाकलापको प्रतिरोध गरेन, उसले सम्पूर्ण शिक्षा प्रणालीमा व्यापेको पुँजीवादी अपराधको पर्दाफास गर्‍यो। फेल भएका विद्यार्थीहरूलाई नक्कली प्रमाणपत्र उपलब्ध गराएर शिक्षा क्षेत्रलाई नाफामुखी बजार बनाउने यो अपराध राज्य संरक्षित थियो, र त्यस विरुद्ध हामीले उठाएको हस्तक्षेप क्रान्तिकारी जनचेतनाको सजीव प्रतिविम्ब थियो।तर प्रतिक्रियावादी राज्य संयन्त्रले यो जनमुखी कार्यलाई राजनीतिक अपराध ठहर गर्‍यो। मलाई २२ दिनसम्म हिरासतमा राखियो। त्यो हिरासत शारीरिक थुनिएको अवस्था मात्र थिएन, त्यो वर्गीय प्रतिशोधको नियोजित प्रयोग थियो। मैले प्रहरी हिरासतभित्र बिताएको प्रत्येक क्षणमा राज्य…
थप पढ्नुहोस्

महिमान सिंह बिष्टको रियल लाइफ नाटक (व्यङ्ग्य)

कथा त ठ्याक्कै कुनै नेपाली राजनीतिक थ्रिलरजस्तै छ है! एकछिनको लागि तपाईंलाई लाग्ला, "यो त फिल्मको स्क्रिप्ट हो कि क्या हो?" तर होइन, यो हो महिमान सिंह बिष्टको रियल लाइफ नाटक शुद्ध नेपाली फ्लेवरमा। महिमान सिंह बिष्ट नाम त त्यति दमदार, मानौं कोही पुरानो शाही दरबारका खड्गबहादुर जस्तै! सर्वोच्च अदालतमा अधिकारी, झ्याप्प फाइल पल्टाउँदै, चिया सुरुप सुरुप पार्दै दिन कटाउँथे। तर उनको मुटुमा भने एउटा कुरा अलिकति काँडाजस्तै बिझिरहेको थियो रेशम चौधरीलाई राष्ट्रपतिबाट पाइएको माफी।अब त हेर न, कति दिनसम्म उनले यो कुरा मनभित्रै गुम्साएर राखे। तर आज चैँ, साह्रै गाह्रो भो! भन्छन् नि, "जुन कुरा मनले मान्दैन, त्यो एकदिन बाहिर निस्कन्छ।" अनि उनी आफैंले खल्तीबाट कलम निकालेर पत्रै लेखिदिए…
थप पढ्नुहोस्

काठमाडौं टाउन भित्रको मिनी टाउन “सिंहदरबार” को अवलोकन

विकास घिसिङ, कृष्ण बस्नेत मेरो मित्र हुनुहन्छ । उहाँ करिब एक साता अघि पोखराबाट शैक्षिक कार्यक्रमको लागि काठमाडौं आउनु भएको रहेछ । केही दिन अघि भेट्ने हाम्रो योजना थियो तर मेरो प्रि - बोर्डको कारणले गर्दा हाम्रो भेट स्थगित भयो । हिजो हाम्रो अन्यत्र कतै भेट्ने प्लान थियो । तर नियतिले अर्को कुनै ठाउँमा भेट्न जुरायो। सरकारको सबैभन्दा महत्त्वपूर्ण अङ्ग कार्यपालिका जो सिंहदरबारमा छ । हामी हिजो त्यतै भेट्यौं । समय बिहानको करिब साढे दश बजिरहेको छ । म भने पिपल बोटको छहारीमा बस कुर्दैछु । एक जना युवक हात हल्लाउँदै मोटर साइकिल मेरो अघिल्तिर रोक्छन् । म उहाँलाई चिन्दिन कारण उहाँले हेल्मेट लगाइरहनुभएको छ । हेल्मेट निकाल्दै " चिन्नु…
थप पढ्नुहोस्