
सर्लाही, ०३ कात्तिक २०८१ – सर्लाही जिल्लाको ब्रहम्पुरी गाउँपालिका–५, सखुअवा निवासी पंकज साहलाई १० केजी गाँजासहित प्रहरीले पक्राउ गरेको छ।सूचना अनुसार, २१ वर्षीय पंकज साहले आफ्नै घरमा लुकाएर गाँजा राखेको आशंकामा जिल्ला प्रहरी कार्यालय सर्लाही र प्रहरी चौकी पर्साबाट खटिएको टोलीले लागुऔषध गाँजासहित नियन्त्रणमा लिइएको हो।

पक्राउपछि साहलाई सर्लाही जिल्ला अदालतमा पेश गरी थप अनुसन्धानका लागि सात दिनको म्याद अनुमति लिइएको छ। प्रहरीले यस घटनामा साहको संलग्नता, गाँजा आपूर्तिको स्रोत, र सम्भावित संजालबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।यस घटनाले गाँजा र अन्य लागुऔषध नियन्त्रणमा कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।
