नेपालमा पहिलो चोटि obstacles Challenge सम्पन्न

Stunt Bums Nepal र Hamro Digital Agency को सहकार्यमा अप्रिल ४ मा पहिलो पटक नेपालमा आयोजित Obstacle Challenge 2026 सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा बढ्दो मोटरस्पोर्ट्स सीनलाई थप उचाइमा पुर्‍याएको छ।“Speed. Skill. Balance. One track. One champion.” भन्ने थिममा सम्पन्न यस इभेन्टमा १० भन्दा बढी अवरोधहरू भएको प्राविधिक (technical) ट्र्याक तयार गरिएको थियो, जसले राइडरहरूको सन्तुलन, समय मिलाउने क्षमता र नियन्त्रणलाई कडा परीक्षणमा राख्यो। मुख्य प्रतिस्पर्धा अघि सहभागीहरूलाई दुई दिनको अभ्यास सत्र पनि उपलब्ध गराइएको थियो।यो प्रतिस्पर्धा single open category मा आयोजना गरिएको थियो, जहाँ 100cc देखि 250cc सम्मका बाइकहरू मात्र अनुमति दिइएको थियो भने dirt bikes प्रतिबन्धित थिए। जसले निष्पक्ष र व्यवस्थित प्रतिस्पर्धा सुनिश्चित गर्‍यो।प्रतियोगिताको नतिजा अनुसार:पहिलो स्थान Ranjit…
थप पढ्नुहोस्

बर्दिबास–१० र ११ बाट १०३ विद्यार्थी एसईईमा सहभागी हुँदै

लक्ष्मी नारायण जनता माध्यमिक विद्यालय एसईई परीक्षा २०८२ | मोबाइल अनुकूल विवरण 📖 माध्यमिक शिक्षा परीक्षा चैत १९ 🗓️ परीक्षा सुरु : २०८२ चैत १९ गते 🇳🇵 राष्ट्रिय परीक्षा बोर्ड 👩‍🎓👨‍🎓 देशभर सहभागी : ~५,१०,०००+ 🏛️ राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक जानकारी : यस वर्ष देशभरबाट करिब ५ लाख १० हजार विद्यार्थीहरू एसईई परीक्षामा सहभागी हुँदैछन्। सबै परीक्षा केन्द्रहरूमा आवश्यक व्यवस्थापन पूरा भइसकेको छ। तल बर्दिबास नगरपालिका वडा नं. १० र ११ को विवरण प्रस्तुत गरिएको छ। 📍 बर्दिबास नपा – वडा १० र ११ कुल १०३ विद्यार्थी विद्यालयको नाम स्थान सङ्ख्या लक्ष्मी नारायण जनता मा.वि. खयरमारा ४१ रा. मा. वि. खयरमारा छोडके खयरमारा छोडके २० श्री लक्ष्मी बास माध्यमिक विद्यालय…
थप पढ्नुहोस्

महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय कार नियन्त्रणमा

महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय नम्बरको कार नियन्त्रणमा | अपडेट समाचार 🚨 महोत्तरी प्रहरी बिहीवार, राति (अपडेट: २०८१) महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम अवैध गाँजा बरामद, भारतीय नम्बरको कार नियन्त्रणमा 🚗 बरामद गरिएको सवारी DL 1C Q 5869 (भारतीय नम्बर) १०९ किलो ६१० ग्राम गाँजा महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरी र मातहत प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। बिहीबार राती रामगोपालपुर नगरपालिका–७ बाट प्रहरीले १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय नम्बर (DL 1C Q 5869) को कार नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा ‘लागुऔषध गाँजाको कारोबार भइरहेको छ’ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी टोली…
थप पढ्नुहोस्

दोस्रो पटक पराजित गिरिराजमणि पोखरेल : राजनीतिक प्रभावमा ह्रास !

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका छन्। पछिल्लो समय सम्पन्न भएको उपनिर्वाचनमा ठूलो मतान्तरले पराजित भएपछि उनको क्षेत्रीय प्रभावमाथि गम्भीर प्रश्न उठेको छ। २०७९ को आम निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनाव लडेका पोखरेल नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीसँग मात्र १,०३० मतले पछि परेका थिए। महतोले २३,४०२ मत प्राप्त गर्दा पोखरेलले २२,३७२ मत ल्याएका थिए। यो हारपछि महोत्तरीमा उनको दबदबा कमजोर भएको संकेत मिलेको थियो। त्यसपछि हालै फागुन २२ मा सम्पन्न उपनिर्वाचनमा पनि उनी सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बने तर, यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमोद कुमार महतोसँग फराकिलो…
थप पढ्नुहोस्

महोत्तरी–१ मा रास्वपाका प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी

महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रमोद कुमार महतो (राष्ट्रिय स्वतन्त्र पार्टी) २२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल (नेपाल कम्युनिस्ट पार्टी) ले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित भएका हुन्। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरी ले ६ हजार ५९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का उम्मेदवार मुकेशराज काफ्ले ले ६ हजार २१३ मत प्राप्त गरेका छन्।
थप पढ्नुहोस्