महोत्तरी । महोत्तरीको औरही नगरपालिका–१, औरही चोकमा प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा १० किलो गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ।मंगलबार दिउँसो करिब ४ः३० बजेतिर बर्दिवास–जलेश्वर सडकखण्ड हुँदै दक्षिणतर्फ जाँदै गरेको BR30A 0608 नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा लागू औषध फेला परेको हो।प्रहरीका अनुसार मोटरसाइकल चालक भारत, बिहार राज्य वैशाली जिल्लाका २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद पक्राउ परेका हुन्। उनीहरूले बोकिरहेको कालो झोलामा प्लास्टिकले बेरिएको अवस्थामा ५–५ किलोका दुई पोका गरी १० किलो गाँजा लुकाइ–छिपाइ राखेको भेटिएको प्रहरीले जनाएको छ।बरामद गरिएको लागू औषध र पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौशाला लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको…
Oplus_131072 महोत्तरी, असोज २८ गते — जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई छुट्टाछुट्टै स्थानबाट गरी ३०.४८२ किलो ग्राम अवैध लागू औषध (गाँजा) सहित पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार, असोज २७ गते राति करिब ९:३० बजे, विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले ईर्दिवास नगरपालिका–४, पञ्चधुरा मन्दिर नजिकैको भित्री सडक खण्डमा चार जना युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमासर्लाही हरिवन नगरपालिका–४ का डेनिस घिसिङ (२३ वर्ष),सोही स्थानका राज बुलन (२९ वर्ष),धनुषा जनकपुर उपमहानगरपालिका–२ का धिरण यादव (२६ वर्ष) रसोही क्षेत्रका उमेश यादव (२४ वर्ष) रहेका छन्।प्रहरीले उनीहरूबाट रातो रंगको प्लास्टिकमा प्याक गरी झाडीमा लुकाएर राखिएको १० किलो ४८२ ग्राम गाँजा…
काठमाडौँ – देशको राजनीति फेरि एक पटक निर्णायक मोडमा पुगेको छ। राष्ट्रपति भवन सितल निवासमा अहिले संसद विघटन गर्ने वा नगर्ने भन्ने प्रश्नमा तीव्र बहस भइरहेको छ।राष्ट्रपति र परम्परागत ठूला दलका नेताहरु संसद विघटन नगरी जेनजीको प्रस्तावअनुसार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी ६ महिनाभित्र आमनिर्वाचन गराउन चाहन्छन्। तर जेनजीले भने संसद विघटन गरेरै कार्कीलाई प्रधानमन्त्री बनाइ चुनावमा लैजानुपर्ने अडान लिएका छन्।पुराना दलको तर्कसंसद विघटन भए संवैधानिक संकट आउन सक्ने भन्दै पुराना दलका नेताहरु चिन्तित देखिएका छन्। कतिपय कानुनविद्हरु पनि संसद विघटन गर्दा संविधान नै कमजोर हुन सक्ने चेतावनी दिइरहेका छन्। उनीहरुको बुझाइमा, संसद कायम रहेमात्रै राजनीतिक स्थायित्व सुनिश्चित हुन्छ।जेनजी पक्षको अडानजेनजी र उनका समर्थकहरु भने उल्टो धारणा राख्छन्।…
बर्दिबास नगरपालिका १० र ११ खयरमारामा रहेका विद्यालयहरूको माध्यमिक शिक्षा परीक्षा(SEE) को नतिजा अत्यन्तै निराशाजनक देखिएको छ। दुवै वडामा रहेका पाँच विद्यालयहरू जसका १०९ विद्यार्थीहरू माध्यमिक शिक्षा परीक्षामा समावेश भएकामध्ये जम्मा १२ जना उत्तीर्ण भएका छन्। यो नतिजा एकदमै निराशाजनक छ। यो निराशाजनक नतिजा आउनाको कारणहरू केलाउने प्रयास गरेका छौं। सर्वप्रथम त शिक्षक नियुक्ति कै कुरा आउँछ। देशका अन्य सरकारी विद्यालयमा जस्तो खयरमाराका विद्यालयमा पनि शिक्षक नियुक्तिबाटै राजनीतिक सुरु हुन्छ। शिक्षक नियुक्तिमै राजनीति हुने भएपछि विद्यालय कसरी राजनीतिकबाट अछुतो रहन सक्छ ? नगर तथा स्थानीय तहमा राजनीतिक नेतृत्व फेरिने बित्तिकै शिक्षक फेरबदल गर्ने सिलसिला सुरु हुन्छ। आफ्ना दलका कार्यकर्ताहरूलाई भर्ती गर्ने अखडा बनाइन्छ विद्यालय।यहाँ रहेका प्राय विद्यालयहरूमा व्यवस्थापन समिति नै…
एयर इन्डियाले पुष्टि गरेको छ कि अहमदाबादबाट लण्डन ग्याटविकका लागि उडेको एयर इन्डिया उडान संख्या AI171 आज टेकअफ गरेपछि दुर्घटनामा परेको छ। बोइङ 787–8 विमानले स्थानीय समय अनुसार १३:३८ बजे अहमदाबादबाट प्रस्थान गरेको थियो।विमानमा कुल २४२ जना यात्रु र चालक दलका सदस्य सवार थिए। यसमध्ये यात्रुहरूको राष्ट्रियता यस प्रकार छ:१६९ जना भारतीय नागरिक५३ जना बेलायती नागरिक१ जना क्यानाडेली नागरिक७ जना पोर्चुगिज नागरिकदुर्घटनामा केही यात्रुहरू घाइते भएका छन् र उनीहरूलाई नजिकको अस्पतालमा लगिएको एयर इन्डियाले जानकारी दिएको छ। दुर्घटनाको विस्तृत विवरण हाल अनुसन्धानको क्रममा छ।यात्रुहरूका परिवार तथा सम्बन्धित पक्षका लागि एयर इन्डियाले समर्पित हटलाइन नम्बर 1800 5691 444 सञ्चालनमा ल्याएको छ, जहाँबाट थप जानकारी लिन सकिन्छ।एयर इन्डियाले यस घटनाको अनुसन्धानमा संलग्न…
