समाचार

महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय कार नियन्त्रणमा

महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय नम्बरको कार नियन्त्रणमा | अपडेट समाचार 🚨 महोत्तरी प्रहरी बिहीवार, राति (अपडेट: २०८१) महोत्तरी प्रहरीद्वारा १०९ किलो ६१० ग्राम अवैध गाँजा बरामद, भारतीय नम्बरको कार नियन्त्रणमा 🚗 बरामद गरिएको सवारी DL 1C Q 5869 (भारतीय नम्बर) १०९ किलो ६१० ग्राम गाँजा महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरी र मातहत प्रहरीको संयुक्त टोलीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। बिहीबार राती रामगोपालपुर नगरपालिका–७ बाट प्रहरीले १०९ किलो ६१० ग्राम गाँजा सहित भारतीय नम्बर (DL 1C Q 5869) को कार नियन्त्रणमा लिएको हो। विशेष सूचनाको आधारमा ‘लागुऔषध गाँजाको कारोबार भइरहेको छ’ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी टोली…
थप पढ्नुहोस्

दोस्रो पटक पराजित गिरिराजमणि पोखरेल : राजनीतिक प्रभावमा ह्रास !

नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नम्बर १ बाट लगातार दुई पटक प्रतिनिधिसभा निर्वाचनमा हार बेहोरेका छन्। पछिल्लो समय सम्पन्न भएको उपनिर्वाचनमा ठूलो मतान्तरले पराजित भएपछि उनको क्षेत्रीय प्रभावमाथि गम्भीर प्रश्न उठेको छ। २०७९ को आम निर्वाचनमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवारका रूपमा चुनाव लडेका पोखरेल नेकपा (एमाले)का लक्ष्मी महतो कोइरीसँग मात्र १,०३० मतले पछि परेका थिए। महतोले २३,४०२ मत प्राप्त गर्दा पोखरेलले २२,३७२ मत ल्याएका थिए। यो हारपछि महोत्तरीमा उनको दबदबा कमजोर भएको संकेत मिलेको थियो। त्यसपछि हालै फागुन २२ मा सम्पन्न उपनिर्वाचनमा पनि उनी सोही क्षेत्रबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बने तर, यस पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमोद कुमार महतोसँग फराकिलो…
थप पढ्नुहोस्

महोत्तरी–१ मा रास्वपाका प्रमोद कुमार महतो २२ हजारभन्दा बढी मतान्तरले विजयी

महोत्तरी निर्वाचन क्षेत्र नं. १ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रमोद कुमार महतो (राष्ट्रिय स्वतन्त्र पार्टी) २२ हजारभन्दा बढी मतान्तरले विजयी भएका छन्। निर्वाचनको अन्तिम मतपरिणामअनुसार महतोले ३४ हजार ६३६ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी गिरिराजमणि पोखरेल (नेपाल कम्युनिस्ट पार्टी) ले १२ हजार ६२४ मत प्राप्त गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका पोखरेललाई २२ हजार १२ मतान्तरले पराजित गर्दै रास्वपाका महतो निर्वाचित भएका हुन्। त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार लक्ष्मी महतो कोइरी ले ६ हजार ५९१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेस का उम्मेदवार मुकेशराज काफ्ले ले ६ हजार २१३ मत प्राप्त गरेका छन्।
थप पढ्नुहोस्

प्रतिनिधिसभा चुनावका लागि आज रातिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द

आउँदो बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र वातावरणमा सम्पन्न गराउने उद्देश्यले आज राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाका सबै सीमानाका बन्द गरिने भएको छ।निर्वाचन आयोगका अनुसार सरकारले आज रातिदेखि सीमानाका बन्द गर्ने निर्णय गरेको हो। निर्वाचन सुरक्षा निर्देशिकाअनुसार मतदान सुरु हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्थाअनुसार नाका बन्द गरिने र मतदान प्रक्रिया सम्पन्न भएपछि मात्रै पुनः सञ्चालनमा ल्याइने जनाइएको छ।आयोगले निर्वाचन अवधिभर सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइने पनि जनाएको छ।
थप पढ्नुहोस्

मध्यपूर्वका १२ देशमा श्रम स्वीकृति स्थगन

मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै सरकारले केही देशहरूमा वैदेशिक रोजगारीका लागि दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगन गर्ने निर्णय गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिति २०८२ फागुन १७ गते मन्त्रिस्तर गरेको निर्णयअनुसार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE), कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायललगायत देशमा प्रदान गरिने व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगन गरिएको हो। सरकारले उक्त निर्णय हालको असहज सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कामदारहरूको सुरक्षा सुनिश्चित गर्नका लागि गरिएको स्पष्ट पारेको छ।
थप पढ्नुहोस्