
नेपाल राष्ट्र बैंकले नेपालको नयाँ राजनीतिक नक्सा समेटिएको १०० रुपैयाँ दरका नोट छपाईका लागि चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ।
यो नोटमा नेपालको ऐतिहासिक तथा सांस्कृतिक महत्त्व बोकेका भूभाग लिपुलेक, लिम्पियाधुरा, र कालापानी क्षेत्र समेटिएको छ। केही समय अगाडी बसेको मन्त्रिपरिषद्को बैठकले नयाँ नोटको डिजाइनलाई स्वीकृति दिएको थियो, जसअनुसार नेपाल राष्ट्र बैंकले चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशन’ लाई नोट छाप्ने जिम्मेवारी सुम्पिएको छ।
राष्ट्र बैंकले जारी गरेको लेटर अफ इन्टेन्टअनुसार यस कम्पनीले १०० दरको नयाँ नोटको ३० करोड प्रति छाप्नुपर्नेछ।
