महोत्तरी जिल्ला प्रशासनका नायब सुब्बाद्वयविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर

महोत्तरी जिल्ला प्रशासन कार्यालयमा कार्यरत नायब सुब्बा अशोक कुमार यादव र दिनेश प्रसाद साहविरुद्ध घुस लिएको अभियोगमा विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास कार्यालयबाट खटिएको टोलीले अशोक कुमार यादवलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

अनुसन्धानका क्रममा यादव र साहले सवारी दुर्घटनामा मृत्यु भएका व्यक्तिका नजिकका हकदारलाई काजकृया खर्च र क्षतिपूर्ति उपलब्ध गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग रकम माग गरेको पुष्टि भएको छ।

अख्तियारको प्रवक्ता नरहरि घिमिरेका अनुसार, भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) अनुसार उनीहरूमाथि बिगो २०,००० रुपैयाँ कायम गर्दै कैद र जरिवाना सजायको माग गरिएको छ। आरोपपत्र दर्तासँगै विशेष अदालतले मुद्दा दर्ता प्रक्रिया अघि बढाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *