गायिका एलिना चौहान द्वारा सम्बन्धविच्छेदको मुद्दा दायर

चर्चित गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन्। उनले शुक्रबार वारेसमार्फत जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटाविरुद्ध मुद्दा हालेकी हुन्।

गत ५ वैशाखमा चौहानले अस्ट्रेलिया निवासी विष्णु सापकोटासँग प्रेम सम्बन्धपछि विवाह गरेकी थिइन्। विवाहपछि अस्ट्रेलिया गएकी चौहान केही समयअघि काठमाडौं फर्किएपछि उनीहरूको सम्बन्धमा तिक्तता देखिएको थियो।सम्बन्धविच्छेदको मुद्दामा चौहानले सापकोटाले आफूलाई निरन्तर शंका गरेको, काममा बाधा पुर्‍याएको र चरित्रमाथि प्रश्न उठाएको आरोप लगाएकी छिन्।

उनले मानाचामल नलिने गरी मुद्दा हालेकी छिन् तर विवाहका क्रममा पाएको गरगहना भने फिर्ता नगर्ने दाबी गरेकी छिन्।

यस विषयमा विष्णु सापकोटाको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *