बर्दिवास : एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न

बर्दिवास, भदौ १७ – एकीकृत बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा र खयरमारा इकाई भेला सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रम बर्दिवासको वडा नं. ११ स्थित सहकारी कार्यालयमा आयोजित भएको हो।एकीकृत बचत तथा ऋण सहकारी संस्थाको खयरमारा सेवा केन्द्रमा ३४२ जना शेयर सदस्यहरू हुनुहुन्छ। यस कार्यक्रममा बर्दिबास नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्षको प्रमुख अतिथि र बर्दिवास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु बहादुर खड्काको विशिष्ट अतिथ्यतामा सो कार्यक्रम भएको थियोकार्यक्रममा बर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का र सहकारीका अध्यक्ष उत्तमकुमार श्रेष्ठले सहकारीलाई अझ सुदृढ बनाउन ‘पारदर्शिता, सहभागिता र सुशासन’ भन्ने तीन आधारमा जोड दिने कुरामा जोड दिएका छन्। वाहाँहरूले भन्नुभयो, “सहकारीको वास्तविक विकास र समृद्धि त्यहि आधारमा मात्र सम्भव छ।”अध्यक्ष उत्तमकुमार श्रेष्ठले आफ्नो सम्बोधनमा भनाइ राख्दै, “पारदर्शिता, सहभागिता र सुशासन” भन्ने नाराका साथ आजको साधारणसभा सम्पन्न गर्नु हाम्रो लागि गर्वको कुरा हो। हामीलाई विश्वास र सक्रियता प्रदान गर्ने हाम्रा सदस्यहरूको महत्त्वपूर्ण योगदानको मूल्यांकन गर्दै उहाँले भन्नुभयो “सहकारीको सशक्तिकरणको लागि मात्र हामीले सँगै अगाडि बढ्न सक्छौं।”

साधारणसभामा सहकारीको विगतको वर्षको कार्यसम्पादनको समीक्षा गर्दै आगामी वर्षका अवसर र चुनौतीलाई सम्बोधन गर्नका लागि सदस्यहरूसँग मिलेर योजनाहरू बनाइने प्रतिबद्धता जनाइएको थियो। सदस्यहरूको सक्रिय सहभागिता र विश्वासले सहकारीलाई अझ बलियो र सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रममा विगत वर्षका आर्थिक प्रतिवेदन र आगामी वर्षका योजनाहरू पनि प्रस्तुत गरिए। अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे कि आगामी वर्ष सहकारी अझै मजबुत र प्रभावकारी रूपमा संचालन हुनेछ र स्थानीय स्तरमा यसको विश्वास अझै बढ्नेछ।यस कार्यक्रमको सफलता र सहकारीका भविष्यका योजनाहरूले समुदायको विकास र समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *