खयरमारादेखि चनौटे छोड्के हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडकको शिलान्यास।

बर्दिबास।

खरमारादेखि चनौटे छोड्के सुकेडाँडा राइ दमार हुँदै मदन भण्डारी राजमार्ग जोड्ने सडकको शिलान्यास भएको छ।२१ करोड १७ लाख ६१ हजारको लागतमा बन्न लागेको सडकको मधेस प्रदेशको पूर्व सञ्चार तथा गृहमन्त्री भरतप्रसाद शाह तथा बर्दिवास नपाका मेयर प्रल्लाद कुमार क्षेत्री को सहभागितामा शिलान्यास भएको छ। निर्माणको जिम्मेवारी श्री जय बाबा गोरखा बालकोट कम्पनीले पाएको छ। कार्य समापनको अवधि दुई वर्षको रहेको छ। सडक सञ्जाल बनेपछि बर्दिवास नपा १० ११ को उत्तरी भेगको मानिसहरूलाई राहत मिल्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *