महोत्तरीमा ३० किलोभन्दा बढी गाँजा सहित पाँच जना पक्राउ ।

महोत्तरी, असोज २८ गते — जिल्ला प्रहरी कार्यालय महोत्तरीले दुई छुट्टाछुट्टै स्थानबाट गरी ३०.४८२ किलो ग्राम अवैध लागू औषध (गाँजा) सहित पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार, असोज २७ गते राति करिब ९:३० बजे, विशेष सूचनाका आधारमा लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको संयुक्त टोलीले ईर्दिवास नगरपालिका–४, पञ्चधुरा मन्दिर नजिकैको भित्री सडक खण्डमा चार जना युवकलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमासर्लाही हरिवन नगरपालिका–४ का डेनिस घिसिङ (२३ वर्ष),सोही स्थानका राज बुलन (२९ वर्ष),धनुषा जनकपुर उपमहानगरपालिका–२ का धिरण यादव (२६ वर्ष) रसोही क्षेत्रका उमेश यादव (२४ वर्ष) रहेका छन्।प्रहरीले उनीहरूबाट रातो रंगको प्लास्टिकमा प्याक गरी झाडीमा लुकाएर राखिएको १० किलो ४८२ ग्राम गाँजा र प्रदेश २–०२–००४ प ६६५६ र बा.प्र. ०२–०२३ प ३६०५ नम्बरका दुईवटा मोटरसाइकल समेत बरामद गरेको जनाएको छ।त्यसैगरी, सोही रात ८:३० बजे, मनरासिस्वा नगरपालिका–२ भोल्ही सरपल्लो सडक खण्डमा खटिएको अर्को प्रहरी टोलीले ON TEST 150 cc पल्सर मोटरसाइकलमा सवार सोनमा गाउँपालिका–१ का ३१ वर्षीय रामभरोश यादवलाई नियन्त्रणमा लिएको हो।चेकजाँचका क्रममा यादवले बोकेको प्लास्टिकको बोरामा रातो प्लास्टिकले बेरिएको अवस्थामा ५–५ किलोका चार पोका (जम्मा २० किलो) गाँजा फेला परेको प्रहरीले जनाएको छ।दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शैलेन्द्र कुमार भट्टले जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *