संसारमा घटिएका अनगिन्ती घटनाहरुमा , के हामीले आफ्नो व्यक्तिगत धारणा राख्न जरुरी छ ?

विकास घिसिङ, बर्दिबास -१०

यो संसारमा घटिएका , घटाइएका अनगिन्ती घटनाहरुमा , देखिएका , देखाइएका परिदृश्यहरुमा के हामीले आफ्नो व्यक्तिगत धारणा राख्न जरुरी छ ? छ वा छैन ? मूलतः यो संसारमा , संसार पक्ष वा विपक्षमा आफ्नो व्यक्तिगत, रज्यगत, संस्थागत धारणा ( Notion) अभिव्यक्त गर्न दुई ध्रुवमा विभाजित हुन्छन् । मलाई लाग्छ , सायद ! उनीहरू सत्य वा असत्यकाे आधारमा पक्ष वा विपक्षमा उभिन्छन् भन्दापनि मन पर्ने र मन नपर्नेकाे आधारमा खडा हुन्छन् । आफ्नो स्वार्थलाई केन्द्रमा राखेर तर्क गर्छन् । यो त स्वभाविक हो । पक्ष वा विपक्षमा उभिनु त । संसारको नियम नै हो । म ती ध्रुवहरुलाई ठिक वा बेठिक भनी छुट्याउन कुनै न्यायलयको न्यायाधीश होइन । न्यायाधीशको पनि आफ्नो कुनै सिमा हुन्छ होला । खासमा भन्ने हो भने , उनीहरू प्रति मेरो कुनै लेना – देना छैन ।

आज मेरो लेखको विषय पनि उनीहरू होइनन् । यो संसारमा , यी दुई ध्रुव ( pole) बाहेक अर्को एउटा पक्ष पनि छ , त्यो हो तटस्थ अर्थात ” Neutral ” । तटस्थकाे परिभाषा के हो ? तटस्थ अर्थात Neutral ल्याटिन भाषाको neuter भन्ने शब्दबाट विस्तारित शब्द हो । जसको अर्थ हुन्छ ” Neither ” अर्थात ” कुनै पनि नाई ” । कुनै दुई पक्ष बीच विवाद रहेमा कसैको पक्षधरता नलिई मौन रहेमा त्यसलाई तटस्थ भनिन्छ । उनीहरूको विचार के हो ? मुखदर्शक हुनु हो ! के उनीहरूमा विचार भाव पैदा हुँदैनन् ? कि उनीहरूको विचार भाव मौनवादमा आधारित छ ! I don’t know. मलाई थाहा छैन । तर , उनीहरू भन्ने गर्छन् भने – हामी आफै एक पक्ष हौं । अवस्य ! आजको मूल प्रश्नमा फर्किऊ । यो संसारमा घटिएका , घटाइएका अनगिन्ती घटनाहरुमा , देखिएका , देखाइएका परिदृश्यहरुमा के हामीले आफ्नो व्यक्तिगत धारणा राख्न जरुरी छ ? छ वा छैन ? मलाई सोध्नु हुन्छ भने जरुरी छैन । तर , यद्दपि , तथापि , तैपनि , आवश्यक चाई छ । नत्र हाम्रो समाज थप जटिलताकाे भुमरीमा फस्दै जाने छ । मेरो बुझाईमा तटस्थता आफैमा एक आवाज बन्नु पर्छ ।जसले वर्तमान अवस्थाको जटिलतालाई निकास दिनसक्नु पर्छ । हाम्रो समाजमा यस्ता तटस्थ व्यक्तिहरूको अत्यन्तै आवश्यक छ , जसले सिक्काका दुई पाटा छर्लङ्ग देखाई दियोस् ।म यहाँहरु समक्ष केही दृष्टान्त प्रस्तुत गर्दै तटस्थबारे प्रकाश पार्न चाहन्छु । के तपाईंले क्रिकेट खेल हेर्नु भएको छ ? छ भने त्यस खेलमा दुइवटा टिम हुने गर्छन् र अम्पायर हुने गर्छन् । ती दुई टिम आफू विजय प्राप्त गर्न समय अवधि भर प्रयत्नशील रहन्छन् । तर अम्पायर एउटा यस्तो जिनिस हो , जसले क्रिकेटको नियम अनुसार कसैको पक्षधरता नलिई खेलको तस्बिर दर्शक माझ देखाई दिन्छन् ।

त्यसैगरी हाम्रो समाजमा पनि अनेकन खेलहरु खेलिन्छन् । जस्तै कि एक राजनीतिक खेल । वि. सं २०६२/६३ सालको जन आन्दोलन पश्चात् श्री गिरिजा प्रसाद कोइरालाले एक टेलिभिजन अन्तरवार्तामा भनेका थिए कि नेपालको राजनीतिमा polarization अर्थात ध्रुविकरण सुरु भएको छ भनेर । एक्सट्रीम लिफ्ट , लिफ्ट एकातिर , लिबरल एकातिर र conservative एकातिर । हालको अवस्थामा सत्ता गठबन्धनको कारणले त्यस्तो देखिएता पनि , पछिल्लो समयकाे राजनीतिक घटनाक्रमको आधारमा भन्ने हो भने उनीहरू आफै भित्र विरोधाभासपूर्ण देखिन्छन् । यस अर्थमा भन्ने हो भने चाई गिरिजा बाबुले भनेका झै नेपालको राजनीतिमा ध्रुविकरण छ भनेर म यसै भन्न सक्दिन । हालको राजनीतिक अवस्थालाई हेर्दा प्रतिपक्षले सत्ताघटकलाई आरोप लगाउने र सत्तापक्षले पनि प्रतिपक्षलाई आरोप लगाउने अर्थात दोषारोपणकाे राजनीति खेल भइरहेको छ । उनीहरूमा ध्रुविकरण छ या छैन तर नेपाली जनतामा भने ध्रुविकरणको अवस्था सृजना गराइरहेको छ । यस्तो अवस्थामा हामी कसलाई सही वा गलत ठहराउने?

यो खेलको अम्पायरिङ् कसले गर्ने ? अब कुरा आउँछ – तटस्थताको । एउटा यस्तो चुनौती छ कि हाम्रो समाजमा कसले तटस्थताको पगरी भिर्ने ? नागरिक समाज , पत्रकार , न्यायाधीश , बौद्धिक जमातले । तर , त्यस्तो देखिँदैनन् । उनीहरुपनि सिक्काका एक पाटा मात्र देखाउन रुचिकर देखिन्छन् । अथवा देखाउने बानी परी सक्यो । हामी यस्तो अवस्थामा आई पुगि सक्यौ की हर कोहीको विश्वसनीयता माथि प्रश्न चिन्ह खडा भएको । हाम्रो समाज आदर्श विहिन समाज हुँदै गहिरहेको छ । यहाँ कसैले कसैलाई बाल दिँदैनन् । यदि यस्तै भइरहने हो भने हाम्रो समाज झन् जटिलताको भुमरीमा फस्दै जाने छन् । त्यस अर्थमा हामीलाई थप जटिलतामा नफस्न अम्पायरहरुको जरूरत छ । जसले खेलको छर्लङ्ग तस्बिर देखाई दियोस् । अब कुरा गरौं यस्तो अम्पायरको उत्पादन कसरी हुन्छन् ? कि मैले सोचे झै हाम्रो समाजमा यस्तो अम्पायरको अर्थात तटस्थ व्यक्तित्वको आवश्यक छ वा छैन ?

जब विद्यार्थीहरू विश्वबिद्यालयमा भर्ना हुन पुग्छन् । त्यस बखत विद्यार्थी नेताहरु खादा लिएर क्याम्पसको गेटमा स्वागत गर्न बस्छन् । हाम्रो पार्टीमा , हाम्रो पार्टीमा , भनेर । उनीहरूलाई स्कुलिङ गर्न तिनीहरूको पार्टी छन् तर तटस्थ व्यक्तिहरुको हकमा ? अन्त्यमा , न्यायक्षेत्र , पत्रकारिता , कर्मचारी तन्त्र आफैमा एक राज्यको आधारशिला हो । त्यसैले यी राज्यका अंगहरू निष्पक्ष हुन जरुरी छ । आफ्नो स्वार्थलाई केन्द्रमा नराखी सत्य , तथ्यको आधारमा विश्लेषण गर्न आवश्यक देखिन्छन् । एक किसिमले भन्ने हो भने समाजलाई मार्ग निर्देश गर्न उनीहरू तटस्थ भएर मुखरित हुन आश्यक देखिन्छन् ।

तपाईँहरूसँग कुनै लेख रचना सल्लाह सुझावहरू छन् भनेदेखि हामीलाई hellokhayarmara@gmail.com मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *