
बर्दिबास, २३ असार
बर्दिबास इलाका प्रशासनमा विद्युतीय राहदानी (ई-पासपोर्ट) सेवा शुभारम्भ भएको छ। यस ऐतिहासिक अवसरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका उप-सचिव तथा पूर्व स्वास्थ्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, संविधान सभा सदस्य माननीय गिरिराजमणि पोखरेलले सेवा शुभारम्भ गरेका छन्।
विशिष्ट अतिथि मधेश प्रदेश सरकारका शिक्षा-संस्कृति राज्यमन्त्री माननीय शारदादेवी थापा, बर्दिबास नगरपालिकाका प्रमुख (मेयर) प्रल्हाद कुमार क्षेत्री, र महोत्तरी प्रमुख जिल्ला अधिकारी (प्र.जी.अ) शिवराम गेलालले संयुक्त रूपमा रिबन काटेर सेवा सुरु गर्नुभएको छ।
उक्त कार्यक्रममा उपस्थित अतिथिहरूले ई-पासपोर्ट सेवाको सुरुवातले नागरिकहरूको जीवनमा सहजता ल्याउने र प्रशासनिक प्रक्रियालाई आधुनिक र छिटो बनाउने विश्वास व्यक्त गरेका छन्। बर्दिबास इलाका प्रशासनले अब नागरिकहरूलाई छिटो र प्रभावकारी रूपमा विद्युतीय राहदानी सेवा प्रदान गर्नेछ।
कार्यक्रममा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो र सबैले यस सेवाको सुरुवातलाई स्वागत गर्दै धन्यवाद व्यक्त गरेका थिए।
